प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्तिका लागि सिफारिस

काठमाडौँ, भदौ ३ । प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापा सिफारिस भएका छन्। आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा सिफारिस गरेको हो।

प्रधानसेनापति राजेन्द्र क्षत्री साउन २३ गतेदेखि विदामा बसेपछि थापाले नै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।

क्षत्रीको भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन्।  सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथीले अवकाश भन्दा एक महिना अगाडि विदा बस्ने परम्परा रहदै आएको छ।

 थापा भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *