प्रहरीकै मिलेमतोमा खुलेआम जुवा खेलाईंदै, जुवा खेल्न आउने नेतादेखी कर्मचारीसम्म

कैलाली, भदौ ३ । कैलाली जिल्लाको बर्दगोरिया गाउपालिकाको मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित बौनिया बजार जुवाको अखडा बन्न थालेको छ ।

पुर्व पश्चिम महेन्द्र राजमार्गसंग जोडिएका अधिकांस होटलहरुमा अबैध जुवा तास खुलेआम रुपमा सञ्चालन हुँदै आइरहेको स्रोतले बताएको छ ।

ती होटलहरुमा विशेष गरी शिक्षक, कर्मचारी, राजनैतिक दलका नेताहरु नियमित रुपमा जुवा खेल्न आउने एक होटल सञ्चालकले बताए ।

प्रहरीले तपाईहरुलाई खुला रुपमा जुवाको अखडा सञ्चालन गर्दा प्रहरी प्रशासनले केही गर्दैन भन्ने हाम्रो प्रश्नमा नाम उल्लेख नगरीदिनु होला भन्ने सर्तमा एक होटल सञ्चालकका अनुसार उनिहरुले प्रहरीलाई मासिक रुपमा निश्चित रकम बुझाउने गरेको खुलासा गरे ।

पछिल्लो समयमा यसरी खुला रुपमा सञ्चालन हुँदै आइरहेको जुवामा प्रहरी प्रशासनकै मिलेमतो देखिन आएको छ ।

यसरी बर्दगोरिया गाउपालिकाको प्रमुख व्यापारीक केन्द्रको रुपमा परिचित रहेको बौनिया क्षेत्रमा खुलेआम रुपमा जुवा सञ्चालन भैरहने र बेलैमा नियमनकारी निकायले ध्यान नदिने हो भने यसले भविष्यमा झन बिकराल रुप लिनसक्ने एक व्यापारीले बताए ।

यसरी खुलेआम रुपमा सञ्चालन हुने जुवाले समाजमा झैझगडाकाे स्थिती श्रृजना गर्नुका साथै कतिपयलाई घरबारविहीन समेत बनाइसकेका थुप्रै उदाहरणहरु हाम्रो समाजमा कायमै रहेका छन् ।

यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *