एसियन गेम्सः पाकिस्तानविरुद्ध नेपाल, २–१ ले पराजित

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३ । १८ औं एसियाली खेलकुद–एसियाडअन्तर्गत पुरुष फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा पहिलो हाफमा नै अग्रता लिएको नेपालले पाकिस्तानसँग २–१ को हार व्यहोरेको हो ।
समूह डी अन्तर्गत आइतवार भएको खेलमा नेपाल यू–२३ पाकिस्तान यू–२३ सँग २९१ ले पराजित भएको हो।
खेलको पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा पाकिस्तानले दुई गोल फर्काएपछि नेपाल पराजित भएको हो। ५४औँ मिनेटमा मुहम्मद बिलाले पाकिस्तानका लागि बराबरी गोल फर्काए। बराबरीपछि नेपाल विरुद्ध निरन्तर आक्रमण गरेको पाकिस्तानले ७२औँ मिनेटमा दोस्रो गोल गर्यो।
नेपालले एसियाड फुटबलमा ३६ वर्षपछि गोल गरेको हो । नेपाल तीनवटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको छ । नेपाल र पाकिस्तान यसअघि जापान र भियतनामसँग पराजित भएका थिए।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित