दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना २५ मे.वा. को वित्तीय व्यवस्थापन

२०७४ जेठ १५ गते

“
म्याग्दी, भदौ ३ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौर गाउँपालिकाहरुमा अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ ।
परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ ।
परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तीनाथले अधिकतम सत्तरी प्रतिशत लगानी गर्ने प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले बताए ।
उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक पन्ध्र करोड युनिट बिजुली उत्पादन गर्नेछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित