सूचनाको हक प्रयोग गर्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुस् –प्रधानमन्त्री ओली


“
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने बताएका छन् ।
राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले असम्बन्धित विषयमा सूचना माग्नु उचित नभएको बताएका हुन् । उनले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् ।
‘कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुनेतर्फ समेत सजग गराउँछु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन्।
प्रधानमन्त्री ओलीले सुशासनलाई मजवुद बनाउदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको उल्लेख गरेका छन् ।
“
