इटालियन सिरी ए फुटबल: रोनाल्डोको ‘डेब्यु’ पहिलो खेलमा युभेन्ट्सकाे साँघुरो जित

काठमाडाैं, भदाै ३ । इटालियन सिरी ए फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा साबिकको बिजेता युभेन्ट्सले साँघुरो जित दर्ता गरेको छ  । शनिबार राति भएको खेलमा किएभो भेरोनालाई ३ – २ गोल अन्तरले हराएर युभेन्ट्सले सिजनको सुखद सुरुवात गरेको हो ।

भेरोनाको मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन सामी खेडिरा र फेड्रिको बर्नार्डडेस्चीले एक एक गोल गरे । युभेन्ट्सले एक गोल आत्मघाती उपहार पायो । भेरोनाका माटिया बानीले एक आत्मघाती गोल गरे । यस्तै भेरोनाका मारीउस्ज स्टेपिन्सकी र इमानुएल गिअचेर्नीले एक एक गोल फर्काए ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यसै खेलबाट युभेन्ट्स र सिरी ए फुटबलमा डेब्यु गरेका छन् ।  युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई क्लबमा भित्राएको हो ।

रोनाल्डोले डेब्यु खेलमा गोल भने गर्न सकेनन् । केहि गोलको अवसर पाएपनि रोनाल्डोले सदुपयोग गर्न सकेनन् । जितसंगै युभेन्ट्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।  भेरोनाले भने हारबाट सिजनको सुरुवत गरेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *