नेविसङ्घको कार्यकाल तीन महिना थपियो

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ २ । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यसमितिको म्याद तीन महिना थप भएको छ ।
नेपाली काङ्ग्रेसले नेविसङ्घको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो ।
नेविसङ्घको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ ।
विसं २०७३ भदौ ३ गतेको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका नैनसिंह महर नेतृत्वको कार्यकाल शनिबार सकिएको थियो ।
पार्टीको निर्देशन समितिले १२औँ अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित