‘प्रदेश र स्थानीय तहले संघीय सरकारसँग लड्नु पर्दैन’
२०७४ जेठ १५ गते

“
काठमाडाैँ, भदाै २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहले संघीय सरकारसँग लड्नु नपर्ने बरू सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले संघीय संरचना नेपालका लागि नयाँ अभ्यास भएकोले केही समस्याहरू देखिनु स्वभाविक भएको बताए ।
प्रधानमन्त्री ओलीले शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै भने, ‘कहिलेकाहीँ प्रदेश सरकार तानातानमा पर्छ। कहिले तलबाट कहिले माथिबाट’ ।
उनले थपे , ‘नयाँ जुत्ता कसोकसो नमिल्या जस्तो हुन्छ, खुट्टा दुखाउँछ। तर लगाउँदै गएपछि मिल्दै जान्छ। केन्द्र सरकार विभेदकारी छैन, सहयोगी छ।’
बीचमा रहेको प्रदेश सरकारले झन्झट मान्न नहुने उनकाे भनाइ छ । ‘मारामार गर्न हुन्न। अरुले हतियार बेच्छ हामी मारमा पर्छौं’ उनले भने
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








