कर्णालीमा पानीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह

२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ २ । कर्णाली नदीमा पानीको सतहले सतर्कता पार गरेको छ । बिहान साढे १० बजेतिर पानीको सतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बाढी आएपछि शाखाले आज राति १० बजेसम्म नै कर्णाली चिसापानीसम्मको क्षेत्र र बर्दिया तथा कैलालीका नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ ।
शाखाले आज बेलुकीसम्ममा सप्तकोशी र नारायणीमा पनि बेलुकीसम्ममा पानीको सतह सतर्कता तह पुग्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएको छ ।
आज देशभरिकै मौसम खुलिहालेपनि एकैछिनमा बदली भई केही ठाउँमा पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित