सल्यान: ४ बिद्यार्थीलाई पोसाकभत्ता वितरण

सल्यान, भदौ २ । सल्यानको बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले विध्यार्थीहरुलाइ बिद्यालय पोसाक भत्ता वितरण गरेका छन् । सरस्वती मावि पेदिखोलामा पुगेर ४ जना बिद्यार्थीलाई पोसाक भत्ता वितरण गरिएको जनाईएको छ ।

गत बैशाख ६ गते विद्यालय भर्ना अभियानको क्रममा प्रमुख बुढाथोकीले कक्षा १ मा अध्यनरत कृष्ण वस्नेत, कक्षा ६ का निर्मला वली, कक्षा ९का दिपा वली र डिल्ली वस्नेत लाई ब्यक्तिगत रुपमा पोसाक भत्ता स्वरूप आर्थिक सहयोग गर्ने बताएअनुसार पोशाक भत्ता स्वरुप २ हजार प्रदान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =