भारतको केरलामा बाढीका कारण कम्तिमा ३ सय २४ को मृत्यु
“
काठमाडौं, भदौ २ । भारतको दक्षिणी राज्य केरलामा लगातारको वर्षासँगै आएको बाढीका कारण कम्तिमा ३ सय २४ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढीले केरलाका धेरै क्षेत्रमा क्षति गरेको छ ।
बाढी शताब्दीकै खराब रहेकाले मृत्यु हुनेको संख्या बढेको हो । पछिल्लो १०० वर्षमा केरलको इतिहासमा अहिलेको बाढी सबैभन्दा बिनासक बनेको स्थानीय अधिकारीले बताएका छन् । केरलाको कासरडोग बाहेक सबै जिल्लामा बाढीले नोक्सान गरेको छ ।
अझै केही दिन केरलामा मुसलधारे पानी पर्ने मौसम विभागले चेतावनी दिएको छ । बाढीका कारण केरलाका १३ जिल्लामा बढी प्रभाव परेको छ र अवस्था अझै भयावह रहने सम्भावना रहेको छ ।
केरलाका मुख्यमन्त्री पिनराई विजयनले उद्धार तथा राहतको काम भइरहेको बताउनुभयो । केरलाका विभिन्न स्थानमा गरी पाँच सय भन्दा बढी शिविर बनाइएको छ र त्यहाँ झण्डै दुईलाख मानिसले आश्रय लिएका छन् ।
“