२५० युवाहरुको राष्ट्रिय युवा सम्मेलन सम्पन्न

“
दुहवी, भदौ १ । नेपाल युवा परिषदले देशै भरिका २५० जना भन्दा बढि युवाहरु भेला गरी अन्तराष्ट्रिय युवा दिवस २०१८ को अवसरमा अगस्ट १२ देखि १४ सम्मको राष्ट्रिय युवा सम्मेलन २०१८ काठमाण्डौँमा सम्पन्न गरेको छ ।
उक्त सम्मेलनमा युवाका लागि सुरक्षित स्थान मुल नारामा रहेर वित्तिय, उद्यमसिलता, कृषि, प्रविधि क्षेत्रका विशिष्ट व्यक्तिहरुले शेसन सम्वाद कार्यक्रम चलाएका थिए ।
सो कार्यक्रममा ७ ओटै प्रदेशलाई कार्यक्रम प्रस्तावनाका लागि आवहान गरिएको थियो । प्रदेश नं. १ बाट प्रस्तुत गरिएको ७ वटा प्रस्तावना मध्ये उत्प्रेरणा कार्यशाला र तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम शिर्ष ७ कार्यक्रममा अटाएको थियो ।
नेपाल भरिबाट छानिएका ७ वटा कार्यक्रमलाई बहुराष्ट्रिय कम्पनी कोकाकोलाबाट प्रत्येक कार्यक्रम सम्पन्न गर्न प्रायोजन स्व?प ७५ हजार प्राप्त गरेका छन ।
उत्कृष्ट योजना स्वरुप पाएको प्रायोजन रकममा स्थानिय श्रोत खोजी गरी प्रदेश नं. १ का सबै जिल्लाका करिब २०० जना युवाहरुलाई तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र तालिम लिएका प्रशिक्षकहरुले आ–आफ्नो जिल्लामा गरी २५ सय भन्दा बढी युवाहरुलाई तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिने जानकारी प्रदेश नम्बर १ का सम्योजक सुशिल राजभरले जानकारी दिए ।
सो कार्यक्रमका प्रमुख अतिथि शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले उद्घाटन गरेका थिए ।
नेपाल युवा परिषदका राष्ट्रिय अध्यक्ष सरोज बानियाले बहुराष्ट्रिय कोकाकोला जस्ता कम्पनिले नेपालमा युवा विकासमा चासो देखाएको हुनाले नेपाल सरकारले उत्कृष्ट युवा निति तयार पारि थप यस्ता कम्पनीहरुलाई युवा विकासमा लगानी गर्नका निम्ति विभिन कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।
उक्त कार्यक्रममा प्रदेश नंं. १ का ११ ओटा जिल्लाका २२ जना युवाहरुको सहभागिता रहेको थियो ।
“








