प्रतिनिधिसभाको विषयगत समितिको निर्वाचन भदौ १७ मा
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ १ । प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।
बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए ।
प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ सदनसमक्ष पेश गरे ।
अर्थमन्त्री डा खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटोछरितो बनाउन विधेयक ल्याइएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








