बाह्र वर्षभित्र नेपालमा दिगो विकास हुन्छ– अर्थमन्त्री खतिवडा

काठमाडौं, भदौ १ । अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त राष्ट्र संघले घोषणा गर्नु भन्दा अघि नै नेपालले दिगो विकासको लक्ष्य हासिल गर्ने दावी गरेका छन् ।

शुक्रबारको संघीय संसदमा दिगो विकास तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको बताउँदै राष्ट्रसंघले घोषणा गरेको भन्दा अघि नै दिगो विकासको लक्ष्य हासिल गर्ने दावी गरेका हुन् ।

सन् २०३० भित्र नेपालले दिगो विकास गर्ने लक्ष्य लिएको उनको भनाइ छ । उनले २०३० भन्दा अघि नै सरकारले दिगो विकासको लक्ष्य हासिल हुनेगरी सरकारले कामलाई तीव्रता दिएको बैठकमा जानकारी दिए ।

पाँच वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने अर्थमन्त्री खतिवडाको दावी छ ।

दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिवी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पार्दै अर्थमन्त्री खतिवडाले भने, ‘संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको छ ।’

अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तराष्ट्रिय लगानी भित्रयाउन लागि परेको पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *