गाईलाई राष्ट्रिय जनावरबाट हटाउन माग गर्दै नाङ्गै प्रदर्शन
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, भदौ १ । सरकारले भदौ १ गतेदेखि लागु हुने गरी ल्याएको नयाँ मुलुकी ऐनको चर्को विरोध गर्दै सिंहदरबारमा एकल प्रदर्शन भएको छ ।
गाईलाई राष्ट्रिय जनावरबाट हटाउन माग गर्दै जितिन लिम्बु सिंहदरबार अगाडी नाङ्गै प्रदर्शन गरेका हुन् ।
उनको यौनाङ्ग छोपिएको प्लेकार्डमा ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको छ ।
सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित