बाजपेयीको अन्त्यष्टीमा सहभागी हुन विमलेन्द्र निधि पनि नयाँ दिल्लीमा

काठमाडौं, भदौ १ ।  भारतीय पूर्व प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक अटल विहारी वाजपेयीको अन्त्यष्टी कार्यक्रममा सहभागी हुन् काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधि पनि दिल्ली प्रस्थान गरेका छन् ।

बाजपेयीको निधनमा तत्कालीन सरकार तथा प्रमुख विपक्षी दल नेपाली काँग्रेसले दुःख व्यक्त गरेका छन् ।

काँग्रेस पार्टीका तर्फबाट प्रतिनिधिका रुपमा कार्यवाहक सभापति विमलेन्द्र निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उनलाई काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेको प्रनिधित्व गर्न दिल्ली पठाएका हुन् ।

बाजपेयीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न निधि आजै विहान जेट एयरको उडानद्वारा भारतको नयाँ दिल्ली प्रस्थान गरेको काँग्रेसको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *