अमेरिकी गायिका फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १ । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ ।
पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।
उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित