विवाहकै भोलिपल्ट बेहुलाद्वारा आत्महत्या प्रयास

काठमाडौं, भदौ १ ।  विवाह भएको २४ घण्टा नबित्दै राजविराजमा एक जनाले आत्महत्या प्रयास गरेका छन् ।

राजविराज नगरपालिका–४ का २४ वर्षीय बेहुला जुनेद असगरले विवाह भएको भोलिपल्टै विष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् । उनको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उनको बुधबार दिउँसो राजविराज–४ स्थित नुरीजामा मस्जिदमा सोही वडाकी २२ वर्षीया मर्जिना खातुनसँग विवाह भएको थियो ।

घटनाविवरण अनुसार पाँच दिनअघि एकान्तस्थलमा जुनेद र मर्जिनालाई स्थानीयले शंकास्पद अवस्थामा फेला पारेका थिए । त्यसपछि भद्रभलाद्मी पञ्चायतीले दुवैको विवाह विवाह गराइदिने निर्णय सुनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =