श्रमिकको न्युनतम ज्याला राजपत्रमा प्रकाशित

काठमाडौँ, साउन ३१ । श्रमिकको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित भएको छ । साउन १ गतेबाटै लागु हुने गरी चिया वगान बाहेकका श्रमिकले १३ हजार ४ सय ५० रुपैयाँ पाउने भएका हुन् ।

आधारभूत पारिश्रमिक ८ हजार ४ सय ५५ रुपैयाँ र ४ हजार ९ सय ९५ रुपैयाँ महँगी भत्ता पाउने भएका हुन् । उनीहरुको दैनिक ज्याला र प्रतिघण्टाको ज्याला पनि निर्धारण भएको छ । दैनिक आधारभूत ३ सय २५ र १९२ महंगी गरी ५ सय १७ रुपैयाँ पाउने छन् भने प्रतिघण्टा ६९ रुपैयाँ पाउने भएका हुन् ।

चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक भने अरुको भन्दा कम छ । चिया बगानमा कार्यरतले अब मासिक १० हजार ७ सय ८१ रुपैयाँ पाउने छन् । आधरभूत ६ हजार ४ सय ६९ र महंगी भत्ता ४ हजार ३ सय १२ रुपैयाँ तोकेर राजपत्रमा प्रकाशित भएको हो ।

चिया बगानमा काम गर्नेले दैनिक ३ सय ८५ रुपैयाँ तोकिएको छ भने उनीहरुले प्रतिघण्टा ५१ रुपैयाँ ज्याला पाउने छन् । सरकारले न्युनतम ज्याला निर्धारण समितिले तोके अनुसार नै पारिश्रमिक राजपत्रमा प्रकाशित गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =