बराह ज्वेलरी ईण्डष्ट्रिजले २४ औँ वार्षिकोत्सव भव्य रुपमा मनाउने

धरान, साउन ३१ । बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.ले आफनो २४ औ वार्षिकोत्सव भव्य रुपले मनाउने तयारी गरेको छ ।

बिजनेस व्यापारका साथै समाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका बराहले यहि भदौ ५ गते मंगलबार धरानको भानुचौक लोकतान्त्रिक चौतारीमा वार्षिक उत्सव मनाउन लागिएको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.का धरान शाखा प्रमुख मान बहादुर दियालीले जानकारी दिएका छन् ।

बराह ज्वेलरीले २४ औँ बार्षिक उत्सव भव्य रुपले मनाउने भएको छ । सो कार्यक्रममा विभिन्न जातीय पहिचान झल्किने विविध सास्कृतिक कार्यक्रमहरु, जातिय भेषभुषा, झाकी प्रस्तुती लगायत जातीय पहिचान झल्काउने सामाग्रीहरुको प्रदर्शन गरिने छ भने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिने बताइएको छ ।

त्यस्तै समाजमा महत्वपुर्ण पक्ष जिवन दानका लागी हरेक बर्ष झैँ यस बर्ष पनि रक्तदान गराउने तयारी गरिरहेको प्रमुख दियालीले जानकारी दिए ।

यसका साथै प्रांलिले यसै बर्षबाट विदेशमा सुनका गरगहनाहरु निर्यात समेत गर्ने भएको छ । जसका लागी आफनै प्रोडक्सन हाउसको सुनचाँदी तथा डिजाईनका हिरा जडित गर गहना उत्पादन गरिने पत्रकार सम्मेलनमा जानकारी दिए ।

सोही सम्मेलनमार्फत दियालीले आफ्ना वार्षिकोत्सव कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाइदिन धरानबासीहरुलाई अनुरोध गरेका छन् ।

बिहान साढे ६ बजेबाट सुरु हुने कार्यक्रममा वर्षभरीमा ग्राहकहरुले किनबेच गरेका सामानहरुमा लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्रहकलाई १५० सीसीको जिक्सर मोटरसाईकल प्रदान गर्नुका साथै विभिन्न ग्रहकहरुलाई खरिद बराबरको गिफ्ट ह्यामपर समेत प्रदान गरिनेछ ।

त्यस्तै सोही कार्यक्रमका लागी रक्तदान लगायतका विभिन्न कार्यक्रमहरु गर्न विभिन्न समिति समेत खडा गरिसकेको प्रालिका धरान प्रमुख दियालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =