यू–१५ : फाइनलमा स्थान बनाउन नेपालले आज भारतसँग खेल्ने
२०७४ जेठ १५ गते

“
काठमाडौ, साउन ३१ । भुटानमा जारी दोस्रो संस्करणको साफ १५ वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारत सँग खेल्दै छ ।
साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्न लागेको हो ।थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ मा सुरु हुनेछ ।नेपाल र भारत मैदान प्रवेश गर्दा दुवै टोली फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।
समूह बी मा रहेको नेपाल समूह उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह ए को बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।यस्तै प्रतियोगिताको अर्को सेमिफाइनलमा समूह बी को बिजेता बंगलादेशले समूह ए को उपबिजेता भुटानसंग खेल्ने छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








