संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चद्धरा बिरोधका कार्यक्रम घोषणा

धरान,सुनसरी साउन ३१ । संधिय लोकतान्त्रीक राष्ट्रिय मञ्चद्धार १ न प्रदेशलाई लिम्बुवान र किरात खम्बुवान नामाङकन गराउने उदेश्यले चरणबद्ध बिरोधको घोषण गरेको छ ।

सुनसरीको धरानमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे सो पार्टीले गत श्रावन २८ गते केन्द्रीय अध्यक्षको अध्यक्षतामा बैठक बसी सो निर्याय गरेसंगै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

पार्टीका केन्द्रीय बरिष्ट अपाध्यक्ष ज्ञान बहादुर गुरुङले सम्मेलनमा प्रदेश नामाङकनको क्रममा गरिएको ढिलाईको बिरोध गर्नुहुदै पहिले २ नं प्रदेश र त्यसपछि १ नं प्रदेशको नामाङकन हुनुपर्नै र १ न्र प्रदेशको नाम लिम्बुवान र किरात खम्बुवान हुनुपर्नै बताए ।

गुरुङले यस्तो भएन भने आफना पार्टी कठोर आन्दोलन समेत गर्ने चेतावनी समेत दिए । जहाँ पार्टीका आन्दोन गर्ने सन्दर्भमा बिरोधका बिभिन्न कार्यक्रमहरु समेत सम्मेलनमा नै घोषणा गरेका छन् ।

जसमध्ये यहि भाद्र १ गते लिम्बुवानको सबै जिल्लाहरुको सदरमुकाममा १ बजे कोणसभा,४ गते बिहान ७ बजेबाट ईटहरी देखी बिराटनगरसम्म मार्चपास,७ गते १ बजे बिराटनगर स्थित प्रदेश नं १ को संसद भवन अगाडी धर्ना र भाद्र १० गते दिनको १ बजे राके जुलुस निकाल्ने सम्मको कार्यक्रम रहेको छ ।

सोही पत्रकार सम्मेलनमा आदिबासीका चाडहरुमा दिदै आएको बिदा कटौती गरेको गर्दै बिदा दिन माग समेत गरिएको छ भने पहिचानको आधारमा १०ं२ प्रान्तहरु स्थापना गर्न जोड दिईएको छ । त्यस्तै गत २१ गते भक्तपुरमा अपहरणपछि हत्या भएको बालकको हत्या आरोपमा दुई जना तामाङ युवाहरुलाई प्रहरीले कोठाबाट लगेर झुठा एन्काउन्टर गरेकोमा घोर आपत्ति जनाएको छ।

पत्रकार महासंघ सुनसरीको सभाहलमा गरिएको समेलनमा पार्टीका केन्द्रीय तथा जिल्लका नेताहरुको सहभागीता रहेको थियो भने लिम्बुवान आन्दोलनका लागी आर्थिक सहयोग जुटाउन राष्ट्रिय बाणिज्य बैकको काठमाडौ स्थित नया बानेश्वरमा बचत खाता समेत खोलिएको र जसको खाता नम्बर १४२०००४७७९०१ रहेको सो पार्टीका नेताहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =