हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारद्वारा ४७ करोड हस्तान्तरण

काठमाडौँ, साउन ३० । हुलाकी राजमार्ग आयोजना निर्माणका लागि भारतले ४७ करोड सहयोग प्रदान गरेको छ ।

हुलाकी राजमार्ग आयोजना निर्माणका लागि मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले उक्त रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

भारतीय राजदूत सिंहले सिंहदरबारमा ४७ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकम सरकारले हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ वटा निर्माणधिन सडकका लागि खर्च गर्नेछ ।

यसअघि भारत सरकारले हुलाकी राजमार्ग निर्माणको लागि २.३५ विलियन रुपैयाँ प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *