हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारद्वारा ४७ करोड हस्तान्तरण
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ३० । हुलाकी राजमार्ग आयोजना निर्माणका लागि भारतले ४७ करोड सहयोग प्रदान गरेको छ ।
हुलाकी राजमार्ग आयोजना निर्माणका लागि मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले उक्त रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
भारतीय राजदूत सिंहले सिंहदरबारमा ४७ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकम सरकारले हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ वटा निर्माणधिन सडकका लागि खर्च गर्नेछ ।
यसअघि भारत सरकारले हुलाकी राजमार्ग निर्माणको लागि २.३५ विलियन रुपैयाँ प्रदान गरिसकेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








