विद्यार्थीहरुद्धारा असहायलाई सहयोग
२०७४ जेठ १५ गते

“
धरान, साउन २९ । पुर्वान्चल ईन्जिनियरिङ क्याम्पस धरानका अध्ययनरत अखिल क्रान्तिकारी तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीहरुले धरान १ स्थित असहाय एवं शारिरिक रुपमा अशक्तलाई खाद्य तथा लताकपडाहरु प्रदान गरेका छन् ।
मंगलवार सो क्याम्पसमा अध्ययनरत पहिलो दोश्रो र तेश्रो वर्षका विद्यार्थीहरुले चौथौ वर्षका विद्यार्थीहरुले विदाई गर्न आयोजित कार्यक्रम गरेका थिए । सोहि अवसरमा उनीहरुले संकलन गरेको दुई वोरा लताकपडा र खाद्य सामग्रीहरु पुरानो अस्पतालमा पुगेर वितरण गरेका थिए ।
सो वितरण कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एकराज कोइराला, निर्मला सिवाकोटि , खेम रनपैली लगायतको उपस्थिति रहेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








