मर्सी एजुकेशनले प्रदान गर्यो ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रमका विजेतालाई पुरस्कार

“
काठमाडौं, साउन २९। विगत १५ वर्षदेखि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको मर्सी एजुकेशनले विश्वकप २०१८ प्रतियोगिताभर सञ्चालन गरेको ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रमका विजेताहरुलाई पुरस्कार प्रदान गरेको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा मर्सीका अध्यक्ष राम टण्डन र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरी पाण्डेले संयुक्त रुपमा विजेताहरुलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा प्रतियोगितामा सहभागिमध्ये पाँच जना भाग्यशाली विजेतालाई बम्पर उपहारसहित उपहार प्रदान गरिएको थियो ।
१४ जुन देखि १५ जुलाई २०१८ सम्म रसियामा आयोजना भएको विश्वकप प्रतियोगिताभर सहि अनुमान गरेकामध्ये गोलाप्रथाद्धारा चार जना विजेतालाई ट्याव प्रदान गरिएको थियो भने बम्पर उपहारमा आईफोन एक्स प्रदान गरिएको थियो ।
विश्वकपका कुल ६४ खेलमध्ये ४० वटामा सहि अनुमान गर्न सफल विजय खत्रीले बम्पर उपहार पाए भने गोल्डेन ग्लोभ्स प्रेडिक्सनमा सरोज कार्की, गोल्डेन बुट प्रेडिक्सनमा रस्मित पोखरेल, बेस्ट प्लेयर प्रेडिक्सनमा आशिष श्रेष्ठ र वल्र्डकप विनर प्रेडिक्सनमा आश्विन अधिकारीले उपहार पाए ।
विश्वकप अवधिभर हरेक दिनका खेलमा सही अनुमान लगाउने एकजना भाग्यशाली विजेतालाई मर्सीले प्रत्येक दिन विभिन्न उपहार तथा रिचार्ज कार्डहरु प्रदान गरेको थियो ।
कम्युनिकेट मिडियासँगको सहकार्यमा मर्सीले आफ्नो फेसबुक पेजबाट गरेको ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रममा सात हजार एक सय ६७ जनाले सहभागिता जनाएका थिए । जसमध्ये गोल्डेन ग्लोभ्स प्रेडिक्सनमा १४४ जना, गोल्डेन बुट प्रेडिक्सनमा ४३९, बेस्ट प्लेयर प्रेडिक्सनमा २३ र वल्र्डकप विनर प्रेडिक्सनमा १३८ जनाले सहि अनुमान गरेका थिए ।
कार्यक्रममा कम्युनिकेट मिडियाका अध्यक्ष जयराम नेपालले प्रतियोगितालाई निष्पक्ष बनाउनका लागि विजेताको नाम तत्कालै देखिने गरि सिस्टम बनाएको जानकारी गराए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले मर्सीले आयोजना गरेको कार्यक्रमबाट विद्यार्थीहरुमात्र नभई अभिभावक र सरोकारवालहरु पनि लाभान्वित भएको बताए ।
उनले भने–‘यसरी आयोजना हुने हरेक कार्यक्रममा पुरस्कार प्रदान गरेको/नगरेकोप्रति विभिन्न टिका टिप्पणी हुने गरेका छन् । तर, मर्सीले इक्यानलाई समेत जानकारी गराई पत्रकार सम्मेलनको आयोजना नै गरेर विजेताहरुलाई पुरस्कार प्रदान गर्नु मर्सीको सह्राहनीय काम हो ।’
मर्सीका अध्यक्ष राम टण्डनले विजेता पाँचै जनालाई बधाई ज्ञापन गर्दै विद्यार्थीहरुको भविश्यप्रति सचेत रहेर सेवा प्रदान गरिरहेको बताए ।
उनले भने–‘विद्यार्थीहरुको भविश्य नै हाम्रो हातमा हुने हुँदा उनीहरुलाई सहि बाटो देखाउन हामी दिनरात खटिरहेका छौं । मर्सीमा आउने जो कोहि विद्यार्थीलाई सहि सूचना र सहि मार्ग प्रदान गर्नु हाम्रो कर्तव्य र दायित्व हो । हाम्रो कर्तव्य र दायित्वलाई हामीले कहिल्यै पनि भुलेका छैंनौ र भुल्ने पनि छैनौं ।
विगत लामो समयदेखि वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा करिअर काउन्सिलिङ गर्दै आएको मर्सीले विशेष गरी अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, जापान, क्यानडा, युरोप, भारतलगायतका मुलुकहरुमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
मर्सीले विदेश जानु पूर्वका तयारी कक्षाहरु आईइएलटिएस, टोफल र पिटिइको कक्षा समेत सञ्चालन गर्दै आएको छ । काठमाडौंको महाराजगञ्जमा मुख्य कार्यालय रहेको मर्सी एजुकेशन कन्सलटेन्सीले पुतलीसडक, नयाँ बानेश्वर र राजधानी बाहिर बुटवलबाट समेत सेवा प्रदान गरिरहेको छ ।
“








