दीपिका–रणवीरको तोकियो विवाहको ‘डेट’ !

काठमाडौँ, साउन २९ । भारतीय अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले विवाह गर्ने भएका छन् । उनीहरुले २० नोभेम्बरमा लगनगाँठो कस्ने पक्का  भएपछि विवाहको तयारी सुरु भएको छ ।

उनीहरुको विवाह इटालीमा हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा सबैभन्दा उत्कृष्ट ३० पाहुँनालाई बोलाइने बताइएको छ । विवाहको मिति तय भएलगत्तै उनीहरुलाई बधाईको ओइरो समेत लाग्न थालेको छ ।

यसअघि पनि विवाहकै कारण यो जोडि चर्चामा आएको थियो ।

दीपिकाका नजिकका आफन्तले बताए अनुसार दीपिकालाई इटली धेरै नै मनपर्छ र यहि कारण उनले डेस्टिनेशन वेडिङ्गको योजना गरेका हुन् ।

विवाह भइसकेपछि उनीहरु आफ्नो साथीलाई मुम्बईमा ठूलो पार्टि दिनेछन्।

दीपिका र रणवीरले आफ्नो सम्बन्धलाई कहिले पनि बाहिर ल्याएनन्। तर हल्ला भने धेरै नै पहिलेबाट नै भएको थियो। हल्लालाई आधार मान्ने हो भने उनीहरु सन् २०१३ बाट नै प्रेमसम्बन्धमा भएको बताइन्छ।

रणवीरले विवाहको बारेमा भनेका छन्, ‘उनी आफ्नो काम र जीवनलाई कसरी सन्तुलनमा राख्ने भनेर कोसिश गर्दैछु। कामसँगै यो सब्बै मेरो दिमागमा छ।

अहिले भने उनीहरु छुट्टी मनाउन विदेश भ्रमणमा छन्। उनीहरुको कुनै पनि तस्बिर समाजिक सञ्जालमा सार्वजनिक भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =