शिवजीको पूजा–आरधनामा कहिल्यै नचढाउनुस् यी ५ चीज, चढाएमा अनर्थः

सोमबार ‘शिवजी‘को दिन भएकोले व्रत बस्ने गरिन्छ । यस दिनमा शिवजीको पुजा–आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने मान्यता रहिआएको छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ ।

अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक–छाक मात्रा खानुपर्दछ भने खानामा नुन–तेल मिसाउन मनाही छ ।

हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलिङ्ग राख्नुहुँदैन ।

किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो कष्ट आइपर्छ। भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर, उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैनन्।

शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ । सादा जीवन उच्च विचारको दर्शनलाई पछ्याउने देवता हुन् शिवजी। जो मानिस बढि महत्वाकांक्षी हुन्छ, त्यो मानिस कहिल्यै पनि खुसी हुन सक्दैन।

जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर आफैलाई बुझ्ने कोशिस गर्छ, त्यहि मानिसले मात्रै खुसीको स्वाद चाख्न पाउँछ। विभिन्न धर्मग्रन्थहरूमा उल्लेख गरिएका शिवजीको कथाबाट यहि सिक्न सकिन्छ।

यस्ता छन् शिवजीलाई मनपर्ने र नचढाइ नहुने वस्तुहरुः

शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको गाँजा, भाङ्ग, धतुरो, बरफजस्तो चिसो गाईको दूध, श्रीखण्द र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्।

तथापी शिवपुराणका अनुसार, भक्तालुहरूले शिवजीको पुजा आरधना गर्दा यी ५ वस्तुहरू कहिल्यै पनि चढाउनुहुँदैन, यदि चढाएमा अनर्थ हुनेछः

१. गोलाईँती फूल (केताकी फूल)
२. तुलसी
३. नरीवलको पानी
४. बेसार
५. सिन्दूर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =