आज साउनको अन्तिम सोमबार, पशुपति लगायत देशभरका शिवालयमा दर्शनार्थीको भिड !

काठमाडौँ, साउन २८ । हिन्दु धर्मालम्बी महिलाहरुको साउने ब्रत आज टुंगिदै छ । आज साउनको अन्तिम सोमबार हो । पवित्र धार्मिकस्थल पशुपतिलगायतका शिवका मन्दिरहरुमा आज भक्तजनहरुको विशेष भिड लाग्ने गर्दछ ।

साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ । विवाहिता नारी तथा अविवाहिताले महिनाभरी नै माछामासु नखाइ चोखो र शुद्ध खाना खाएर व्रत बस्ने गर्दछन् । विवाहिता नारीहरु पतिको दिर्घायुको कामना स्वरुप व्रत बस्ने प्रचलन छ भने सोमबारको व्रत बस्दा अविवाहित नारीले आफूले भनेजस्तो जीवनसाथी पाउने मान्यता रहिआएको छ ।

ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकोले यो दिनको शिवोपासना विशेष मानिन्छ । यो वर्ष साउनमा चार वटा सोमबार परेको थियो ।

साउनको प्रत्यक सोमबार महिला तथा शिवभक्त पुरुषहरु शिवको मन्दिर जाने गर्दछन् । अझ पशुपतिमा भन्ने हो भने निकै टाढादेखि नै धाउने गर्दछन् । साउन महिनामा बोलबमको पनि उत्तिकै मान्यता छ । शिवभक्तहरुले सुन्दरीजलको जल ल्याइ पशुपतिनाथ मन्दिरमा चढाउने गर्दछन् ।

यस्तो कार्यले आफ्नो मनोकामना पुरा हुने जवविश्वास छ ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ । सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ ।

पौराणिक ग्रन्थहरूमा ब्रह्मालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ । शिवलाई सम्पूर्ण देवताका पनि देवता (देवाधिदेव) महादेव भनिएको छ । साउनमा रुद्री लगाउने चलन भने नेपालीसमजमा चलेको देखिन्छ । विभिन्न कामना राखेर श्रावण महिनामा रुद्री गर्ने परम्परा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *