“नेपाली खेलाडी सम्मिलित टिमले जित्यो “”मलेसियन प्रिमियर लिग”” को उपाधि”

काठमाडौँ, साउन २७ । मलेसियन प्रिमियर लिगमा नेपाली खेलाडी सागर पुन र आसिफ शेख सम्मिलित टिम क्वालालम्पुर च्याम्पियनले उपाधि जित्न सफल भएको छ ।

आइतबार भएको फाइनल खेलमा युनिभर्सिटी केबान्गसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुरले मलेसियन प्रिमियर लिगको उपाधि जितेको हो । आसिफले २६ औँ ओभरको दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका हुन् ।

१०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५।३ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गरेको हो । क्वालालम्पुरको जितमा कप्तान अहमद फैजले नटआउट ४५ रन बनाउँदा आसिफ शेख ३३ रनमा नटआउट रहे । ओपनर सागर पुनले १० रन जोडे ।

लिगमा नेपालका सागर पुनले दुई शतकसहित सर्वाधिक ४५२ रन बनाए । सागरले ९ विकेट समेत लिएका थिए ।

त्यसअघि युनिभर्सिटी केबान्गसानलाई क्वालालम्पुरले २६ ओभरमा १०१ रनमै अलआउट गरेको थियो । १० खेलबाट २१९ रन बनाएका आसिफ सर्वाधिक रन बनाउनेको सूचीको सातौँ स्थानमा रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *