लेहेङ्गा चोली बोलको तीज गीतपछि गायक नगार्जीको सुईकायो रेलैले बजारमा

“
लम्की, साउन २६ । सुदुरपश्चिमको अछाम जिल्लाको रिडिकोटमा जन्मथलो बनाई कठामाडौँमा कर्मथलो बनाएका सञ्चारकर्मी , सगिंतकार तथा गायक सुनिल नगार्जीको चाैँथो तीज गीत सुईकायो रेलैले बजारमा आएको छ ।
धिताल फिल्मस् प्रालिद्धारा उत्पादित तीज गीत सुनिल नगार्जी , प्रकाश दुरा , मिना बुढाथोकी , बसन्ती मगरको संयुक्त्त स्वरमा बजारमा आएको हो ।
गीतको संगीत सुनिल नगार्जीले गरेका छन भने शब्द मिना बुढाथोकीको रहेको छ । गीतमा कोरियोग्राफी गोबिन्द्र श्रेष्ठको रहेको छ । छायाँकन मरुभुमि नारायणले गरेका छन् भने गीतको सम्पादन रोशन धितालले गरेका छन् । निर्देशन राज पाठकले गरेका छन् ।
गीतको उत्कृष्ट भिडियो अभिनय दिपेन्द्र संज्याल र आरुसी मगरले गरेका छन् । “के हो तिम्रो पारा” गीतको बोलबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका नगार्जीले पछिल्लो समयमा तीजको बोशेली नौ तोलाको हार , छमछमी , लेहेङ्गा चोली बोलको तीज गित बजारमा ल्याई सकेका छन् ।
लेहेङ्गा चोली बोलको तीज गितले निकै चर्चा कमाएका गायक नगार्जी अहिले नयाँ तीजको कोशेली सुईकायो रेलैले बोलको तीज गीत बजारमा ल्याएका छन् ।
गायक नगार्जीले यस गीतले समेत राम्रो बजार पाउने र सम्पुर्ण दर्शक तथा श्रोतालाई गीत हेर्न र सुन्न समेत आग्रह गरेका छन् ।
भिडियो :
https://youtu.be/72udpGNMXR4″








