सेती लोकमार्ग निर्माणको कार्यले तीव्रता पाउँछ : मन्त्री सोडारी

बौनीया, साउन २६ । प्रदेश नं. ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले सेती लोकमार्गको निर्माण कार्यले तीव्रता पाउने बताएका छन् । सेती लोकमार्ग बर्दगोरिया गाउपालिकाबाट सरेर अन्तैबाट जाने भन्ने कुरा हल्ला मात्रै भएको समेत उनले दावि गरेका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) बर्दगोरियाद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री सोडारीले बर्दगोरिया गाउपालिका क्षेत्रमा मध्यविन्दु पर्ने सेती लोकमार्ग यसै क्षेत्रबाट जाने कुरामा ढुक्क रहन समेत आग्रह गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री सोडारीले सेती लोकमार्ग क्षेत्रमा पर्ने रुखहरुको ठेक्काको काम समेत अन्तिम चरणमा पुगेको कुरामा जोड दिँदै अब छिट्टै सेती लोकमार्ग निर्माणको कार्यले तीव्रता पाउने बताए ।

सोही अवसरमा बोल्दै मन्त्री सोडारीले प्रदेश सरकारसंग आम जनमानसको अपेक्षा धेरै रहेको कुरामा जोड दिदै एक्कासी सबै समस्याहरुको समाधान नहुने बताउदै बिस्तारै सम्पूर्ण समस्याको समाधान हुने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै मन्त्री सोडारीले पछिल्लो समयमा सरकारको आलोचना हुनेगरी हुँदै आइरहेको करवृृद्धिको कुरा सामान्य भएको भन्दै त्यसमा आत्तिनुपर्ने कुरा नभएको बताएका छन् ।

मन्त्री सोडारीले प्रदेश सरकारले विलासी बस्तुहरु र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने वस्तुहरुको सामाग्रीमा मात्र कर बृद्धि गरेको प्रष्ट पारे ।

सोही अवसरमा बोल्दै कैलाली क्षेत्र नं. २ प्रदेश (ख) का सासंद नन्द बहादुर साउद (राजेन्द्र)ले आफु यस क्षेत्रको प्रतिनिधी भएको र बिशेषतः बर्दगोरिया गाउपालिका को बासीन्दा भएका नाताले आफुसंग बर्दगोरिया गाउपालिकाको धेरै समस्याहरुको बारेमा जानकारी रहेको बताएका थिए ।

साउदले आफुले बर्दगोरिया क्षेत्रको समस्याका बारेमा बारम्बार प्रदेश संसदलाई जानकारी गराइरहेको कुरा अवगत गराउदै यस क्षेत्रको विकासमा आफु निरन्तर लागिरहेको समेत बताए ।

कार्यक्रममा बर्दगोरिया गाउपालिका उपाध्यक्ष भगवती डगौरा थारु, वडा नं. १ का वडा अध्यक्ष जयरुप खतिवडा, वडा नं. २ का वडा अध्यक्ष भेखुराम चौधरी, वडा नं. ३ का वडा अध्यक्ष करने सुनार, वडा नं. ४ का वडा अध्यक्ष पुरन सिह बि.सी, वडा नं. ६ का वडा अध्यक्ष रामकृष्ण चौरधरी लगायत बर्दगोरिया गाउपालिकाभित्र रहेका नेपाल कम्युनीष्ट (नेकपा) का नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थीयो ।

कार्यक्रममा बर्दगोरिया गाउपालिकाभित्र रहेका समस्या र विकास गर्नुपर्ने स्थानको बारेमा मिथुन गौतम, तारा शर्मा खतिवडा, जीवन कुमार डगौरा, प्रभुु रिमाल, नवराज कुवर, कौहल महतरा, धिरेन्द्र सञ्ज्याल, भोजराज भट्ट लगायतकाले मन्त्री र सांसदलाई जानकारी गराएका थिए । जगत साउदले सञ्चालन गरेको कार्यक्रम दिल बहादुर बि.क को अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *