हस्तमैथुनमा रमाउने बानी छ ? सातामा कति पटक गर्नु ठिक ? यसले फाइदा गर्छ ?

महिला हुन् या पुरुष, यौन चाहना हरेकमा हुने गर्दछ । सेक्स एक प्राकृतिक देन हो । हर कोही विपरित लिङ्गीतर्फ नै आकर्षित हुन्छन् । यौन सन्तुष्टि पुरा गर्नका लागि विशेषगरी अविवाहित महिला तथा पुरुषले हस्तमैथुन प्रक्रिया अपनाउने गर्छन् ।

हाम्रो समाजमा सेक्सलाई निकै नै दबाएर राख्ने गरिएको छ, जसले गर्दा यसले हिंसात्मक रुप लिने गरेको छ । कति ठाउँमा साना साना कलिला बालबालिका देखि ९० वर्षीय वृद्धा सम्म बलात्कारको शिकार हुन पुगेका छन् । कोही यसलाई दबाएर राख्छन् भने कोही खुलेआम व्यक्त गर्न चाहन्छन् ।

यौन सन्तुष्टिका लागि तथा हाम्रो समाजमा अहिले पनि हस्तमैथुन गर्नुलाई त्यति ठिक मानिँदैन् । तर एक अध्ययनले भने हस्तमैथुन गर्नुलाई ठिक मात्रै नभनी यौन समस्याको प्राकृतिक उपचार समेत हो भनि चित्रित गरेको छ ।

अध्ययनका अनुसार ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला जीवनमा कुनै न कुनै समयमा जानाजान हस्तमैथुन गरि आनन्द लिने गर्छन् । तर कतिपयले सीमाभन्दा बढी हस्तमैथुन गरि सामान्य स्वास्थ्यमा समस्या समेत पारेका छन् । यद्धपी अनुसन्धानले युवा अवस्थामा साताको दुई देखी तीन पटक हस्तमैथुन गर्न हानी नहुने स्पष्ट पारेको छ ।

त्यसो त हस्तमैथुनका बारेमा मानिसहरुमा विभिन्न किसिमका भ्रमहरु पनि छन् । एक खाले मानिसले हस्तमैथुनले शारीरिक कमजोरी आउँछ र व्यक्तिको यौन क्षमतामा असर गर्छ समेत भन्दै आएका छन् तर पछिल्लो अनुसन्धानले भन हस्तमैथुन गर्दा हुने फाइदाका बारेमा केही कुरा प्रकाशमा ल्याएको छ ।

यस्ता छन् हस्तमैथुन गर्नुका फाइदाः

– हस्तमैथुन चाहे पुरुषले गरुन चाहे महिलाले यसले आनन्द मात्रै दिन्छ । मानसिक तनाव निक्कै कम भएर जान्छ ।
– मानसिक मात्रै होइन हस्तमैथुनले शरीरका मांशपेशीलाई समेत सकारात्मक प्रभाव पार्छ । छिटो निन्द्रा लाग्छ ।
– मस्तिस्कमा तनाव बढाउने नसा हस्तमैथुनको बेलामा फुल्लिन्छ र ठूलो हुन्छ । यसले रगत सञ्चालनमा सहजता थप्छ र उच्च रक्तचापको समस्या कम हुन्छ ।
– महिलाहरुले हस्तमैथुन गर्दा महिनाबारि सम्वन्धी विकार पैदा हुँदैन् ।
– रक्तसञ्चारप्रकृयालाई सहज बनाउछ जसले प्रेसरको खतरा कम हुन्छ ।
– हस्तमैथुन गर्ने पुरुषमा प्रोष्टेट क्यान्सरका खतरा कम हुन्छ ।
– निन्द्रा नलाग्ने समस्याको प्राकृतिक उपचार नै हो भन्दा हुन्छ । अर्थात निन्द्रा लागि हाल्छ ।
– टाउको तथा शरीर दुख्ने समस्याबाट छुटकारा दिलाउछ ।
– हस्तमैथुनले यौनजन्य विमारीबाट बचाउछ साथै अनिच्छुक गर्भ रहँन दिदैन ।
– तर हस्तमैथुन साताको दुई देखि तीन पटकसम्म गर्नु राम्रो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *