अपहरणकारीमाथिको इन्काउन्टरबारे छानविन हुन्छ– गृहमन्त्री थापा

काठमाडौँ, साउन २४ । गृहमन्त्री रामबहादुर थापाले ११ बर्षीय निशान्त खड्का अपहरणमा बालक हत्या र प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् ।

बिहिबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले अपहरणमा संलग्न दूई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका हुन् ।

गृहमन्त्री थापाले भने, ‘सरकारको आधिकारिक धारणा बाहिर आइसकेको छ । तर पनि छानविन गर्दै स्पष्ट पार्छौँ ।’

त्यस्तै बैठकमा सांसद देवेन्द्र राज कँडेलले इन्काउन्टरमा प्रहरीमाथि प्रश्न उठेको भन्दै आईजीपीले समितिमा सत्यतथ्य जवाफ दिनुपर्ने माग गरे ।

कोटेश्वर काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्या भएसँगै प्रहरी इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो । इन्काउन्टर फर्जी भएको भन्दै समाचार बाहिर आएसँगै समितिमा जवाफको माग भएको हो ।

घटनाको प्रकृति, प्रत्यक्षदर्शीको बयान अनुसार प्रहरीले कोठाबाट नै पक्राउ गरी गोली चलाएको देखिन्छ। आइतवार साँझ अपहरणमा परेका बालक खड्काको शव सोमवार मध्यान्ह भक्तपुरको थिमीमा मृत अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *