प्रकाण्ड पक्राउकाे विराेधमा विप्लव माअाेवादीकाे अान्दाेलनकाे घाेषणा

साउन २५, काठमाडौं । प्रार्टीका प्रभाबशाली नेतालार्इ प्रहरीले पक्राउ गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ अागाे भएका छन् । चन्दकाे नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लार्इ पक्राउ गरेकाे विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् । विप्लवले जारी गरेको विज्ञप्तिमा साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ।

काठमाडौँको दक्षिणकालीबाट स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको दावी विप्लवले दावि गरेका छन् । विप्लवले राजनीतिक मूल्यमान्यता मिच्दै अाफ्ना नेतालार्इ पक्राउ गरिएकाे भन्दै विज्ञप्तिमा भनिएकाे छ ‘राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ’

विप्लवले विनाशर्त नेता रिहाइ नगरे पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । पक्राउ परेका प्रकाण्डलार्इ काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने जनाइएको छ ।

कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा ०२५ सालमा जन्मेका बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका नेता हुन् । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए ।

प्रकाण्डले ०४६ सालमा प्रचण्डनिकट अखिल नेपाल युवक संघबाट राजनीति सुरु गरेर ०४७ सालमा पार्टी सदस्यता पाएका हुन् । पार्टीनिकट स्रोतले दिएको जानकारीअनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा नागढुंगाबाट समातिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =