पत्रकार गीता अधिकारीकाे ‘यतै घमाइलो उतै रमाइलो’ बजारमा (भिडियाेसहित)

काठमाडाैं, साउन २३ । नेपाली महिलाहरुको महान पर्व  हरितालिका तिज नजिकएसंगै तिजका गितहरु एकपछि अर्काे बजारमा अाउने क्रम जारी छ ।  यहि क्रममा  चलचित्र पत्रकार गीता अधिकारीकाे ‘यतै घमाइलो, उतै रमाइलो’ बाेलकाे तीज बिशेष गीत बजारमा अाएकाे छ ।

भिडियाेसहित बजारमा अाएकाे ‘यतै घमाइलो उतै रमाइलो’ मा नायीका तथा गायीका सारिका घिमिरेकाे अावाजमा रहेकाे छ । युवाराज वाइवाकाे निर्देशनमा तयार पारिएकाे उक्त गीतमा नेपालका पहिलो अभिनेत्री भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रकी अभिनेत्री चैत्यदेवी, हास्य साम्राज्ञी बसुन्धरा भुसाल, अभिनेत्री रुपा राना, सारिका घिमिरेकाे नृत्य तथा अभिनय देख्न सकिन्छ ।

 गीतमा अहिलेका चर्चित संगीतकार दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको छ । वल्र्ड कभर मिडिया प्रालिको पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन रहेकाे छ ।

दुख, पिर , ब्यथा पाेख्ने लगाउने, खाने  बिशेष गरेर तीजका गीतमा यस्ता भावहरू बढि भेटिन्छन् तर याे गीत अलि फरक धारकाे रहेकाे छ ।  अाफुसंग जेछ त्यसैमा रमाएर बर्षदिनमा अाउने तीजमा रमाउ भन्ने भावलाइ समेट्दै नारीले जस्ताेसुकै कामपनि गर्न सक्छिन भन्ने सन्देश यस गीतले दिन खाेजेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *