रत्ननगरमा कांग्रेससहित सात राजनैतिक दलद्धारा संघर्षका कार्यक्रम सार्वजनिक

चितवन, साउन २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नगर समितीसहित सात राजनैतिक दलले साेमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन ।

रत्ननगर नगरपालिकाभित्र भएका कमी कमजोरी र सुधारको माग गदै सातदिनभित्र सम्वोधन गर्न नगरपालिकालाई बुझाएको ज्ञापनपत्रप्रति नगरपालिकाले बेवास्था र उपेक्षा गरेको भन्दै सात राजनैतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन ।

रत्ननगर नगरपालिकाले गरेको अलोकताान्त्रीक, अव्यवहारीक क्रियाकलाप संशोधन गर्न भन्दै साउन १४ गते नगरपालिकाकी उपप्रमुख बिमला दुवाडीलाई एघार वुद्धे मागसहित ज्ञापन पत्र बुझाएका थिए ।

संघर्षका कार्यक्रम सार्वजनिक गर्दै नेपाली कांग्रेस नगरसभापति रुपनराज घिमिरेले नगरपालिका तानाशाही बन्दै गएको आरोप लगाए ।

सभापति घिमिरेले दम्भ र विजयको उन्मादले जनविरोधी कार्यक्रमतर्फ केन्द्रित भएको भन्दै संघर्षका कार्यक्रम ल्याउन बाध्य भएको बताए ।

संर्घषका कार्यक्रम अन्र्तगत भोली साउन २३ गते नगरभित्रका वडाहरुमा गई नगरपालिकाले गरेको गलत कार्यक्रमको जानकारी गराउदै जनमत संकलन गर्ने, वृद्धि भएको कर नतिर्न नगरबासीलाई आग्रह गर्ने, पर्सी २४ गते विहान १० बजे कर शाखामा सांकेतिक विरोध गर्ने, त्यस्तै २५ गते बिहान १० बजे नगरपालिकाको गेटमा उपस्थित भई कोणसभा गर्ने जनाएको छ ।

संर्घषका कार्यक्रम सार्वजनिक पत्रमा कांग्रेस नगर सभापति रुपनराज घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, नयाँशक्ती पार्टीका जनार्दन दुवाडी, राष्ट्रिय प्रजातान्त्रिक पार्टीका पिताम्वर आचार्य, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) का गोविन्द अधिकारी, नेकपा मालेका नगर सचिव रामहरी लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =