मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मंगोलियामा बाढी, ६३ जनाको मृत्यु

मंगोलिया, साउन २१ । बाढी पहिरोमा परी मङगोलियामा ६३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

मृत्यु हुनेमध्ये १५ जना बालबालिका समेत रहेको राष्ट्रिय आपतकालिन व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

“दुई जनाको मृत्यु गत हप्तान्तमा भएको विवरण प्राप्त भएको छ,” सो कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । बाढी पहिरोमा परी मृत्यु हुनेहरूको यो कुल संख्या गत बर्ष भरिको भएको बताइएको छ ।

सो कार्यालयले खोला नदीमा पानीको मात्रा बढेर बाढी आउने गरेकाले बाढीबाट सुरक्षित हुनेतर्फ सतर्क हुन पनि आह्वान गरेको छ ।

मङ्गोलियामा जुलाईको सुरुदेखि अत्यधिक बर्षा हुने गरेको छ भने अगस्टको मध्यसम्म पनि बाढीको खतरा बढी हुने गरेको मौसमविद्हरूले बताएका छन् ।

प्रतिकृयाहरु
Loading...