इरानमाथि नयाँ प्रतिवन्ध लगाउँदै अमेरिका
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २२ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्न लाग्नु भएको छ ।
यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ । आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ ।
अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध उल्लंघन गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिनु भएको छ । इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकी कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिनु भएको छ ।
सरकारी टेलिभिजनमा सम्बोधन गर्दै रुहानीले अमेरिकासंग तत्काल वार्ताको सम्भावना नभएको भन्दै कूटनीति र वार्ताको पक्षमा रहे पनि यसमा इमान्दारिता जरुरी रहेको बताउनु भएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








