इमरान खान बने पाकिस्तानको प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार

एजेन्सी, साउन २१ । पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) पार्टीको संसदीय समितिले आधिकारिक रुपमा इमरान खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।

क्रिकेटरबाट नेता बनेका ६५ वर्षीय इमरान खानको पार्टी गएको जुलाई २५ मा भएको संसदीय चुनावमा सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको थियो । पीटीआईले ११६ सिटमा जित हात पारेको थियो ।

पीटीआईको संसदीय समितिको बैठकमा बहुमतले इमरान खानलाई प्रधानमन्त्रीको उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता फवाद चौधरीले बताएका छन् ।

सरकार बनाउन पीटीआईलाई १३७ सिट आवश्यक हुन्छ । प्रवक्ता चौधरीका अनुसार पीटीआइलाई १७२ सांसदको समर्थन रहेको छ ।

पाकिस्तानका नयाँ प्रधानमन्त्रीको सपथग्रहण स्वतन्त्रता दिवसको अवसर पारेर अगस्ट १४ मा हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *