पहिलो एक दिवसीय क्रिकेट खेलेर फर्कियो नेपाली टोली

काठमाडौँ, साउन २१ । पहिलो ओडिआई सिरिज खेल्दै नेदरल्याण्ड्स विरुद्ध पहिलो ओडिआई जित हात पारेको नेपाली क्रिकेट टोली सोमबार बिहान काठमाडौँ आइपुगेको छ।

कप्तान पारस खड्का नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो ।

ऐतिहासिक ओडिआई जितेको नेपाली टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टल तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसिचव केशव कुमार लगायतले विमानस्थलमा खादा तथा माला लगाएर स्वागत गरे ।

नेपाली टोलीका युवा स्टार सन्दीप लामिछाने भने सीपीएल खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज गइसकेका छन्। नेदरल्याण्ड्स पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान पारस सहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनर सहित १८ सदस्यीय टोली फर्किएका हुन्।

नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो । पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *