सरकारमाथि नेविसंघको ३१ आरोपः अत्यावश्यक वस्तुमा महंगी, अलोकतान्त्रिक गतिविधि

“
काठमाडौँ, साउन २० । नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मुलुकलाई समृद्धितर्फ नभइ अधिनायकवादतर्फ धकेलेको आरोप लगाएको छ ।
विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले ५ महिनाको अवधिमा ३१ अपराधपूर्ण गलत कार्यहरु गरेको आरोप लगाएको हो ।
सरकारविरुद्ध आन्दोलनरत नेविसंघले सरकारले अझै के–के गलत कार्यहरु गर्ने हो भन्दै सर्वसाधारण जनतामा सचेत रहन समेत अपिल गरेको छ । बेलैमा जनता सचेत भएर जनविरोधी माफियाको संरक्षक ओली सरकार विरुद्ध खबरदारी गर्न एकजुट नभए भोली देशले ठूलो मूल्य चुकाउनुपर्ने नेविसंघको भनाइ छ ।
जुम्ला घटना, न्यायालयमा हस्तक्षेप गरेको, मन्त्रालयको संख्या बढाएर व्ययभार बढाएको, ३३ किलो सुन प्रकरणको अनुसन्धान प्रभावित बनाएको, सिण्डिकेटलाई पक्षपोषण गरेको, मूल्यवृद्धि, चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक लगायतका आरोप नेविसंघले लगाएको छ ।
नेविसंघको ३१ बुँदे आरोपः
“








