शाहब आलमले ४ विकेट लिएपछि अफगानिस्तान १९५ रनमा अल आउट

साउन १०, काठमाडाै । आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा अफगानिस्तानबाट एक सय ९६ रनको लक्ष्य पाएको छ ।

सिंगापुर क्रिकेट क्लबमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभर पाँच बलमा एक सय ९५ रनमा अलआउट भयो । ३६ रनमा पहिलो विकेट गुमाएको अफगानिस्तानले ४४ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ४९ रन हुँदा अफगानिस्तानको तेस्रो विकेट झरेको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जार्दनले सतिकिए पारी खेले । उनले एक सय एक रन बनाए । नाभिद ओबेइदले २२ रन बनाउँदा इक्राम अली खेइलले २४ रन जोडे । एक सय ५४ रन हुँदा पाच विकेट गुमाएको अफगानिस्तानले त्यसपछि थप ४१ रन बनाउँदा बाकी सबै विकेट गुमायो । बलिङ तर्फ नेपालको लागि शाहब आलमले ४ तथा दिपेन्द्र ऐरीले ३ विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *