कैलालीका स्थानिय तहहरुमा कर्मचारी व्यवस्थापन हुन सकेन

विष्णु जोशी, धनगढी । स्थानिय निकायको चुनाव भएर प्रतिनिधि छनोट भई पदभार ग्रहण गरिसकेको भएपनि कैलालीका स्थानिय तहहरुमा कर्मचारी व्यवस्थापन हुन सकेको छैन । मन्त्रालयबाट कर्मचारी व्यवस्थापनका लागि स्पस्ट निर्देशन नआएपछि कैलालीका १३ ओटै स्थानिय तहमा कर्मचारी व्यवस्थापनको कामले गति लिन नसकेको हो ।

सरकारले असारको अन्तिम साता भित्र सबै स्थानिय तहमा कर्मचारी व्यवस्थापन गरिसक्न आदेश दिएको भएपनि गति लिन सकेका छैन । प्रतिनिधीहरुको तलब भत्ता तथा सेवा सुविधा, क्षेत्र रोजाई र क्रम मिलाउन नसकिदा समस्या देखीएको हो ।

जिल्ला स्थित सरकारी अधिकारीहरुले केन्द्रबाट कर्मचारी समायोजनका लागि प्रष्ट निर्देशन नआएका कारण समस्या भएको बताउदै आएका छन् । पहिलो चरणमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरू जिल्लाका १३ वटै स्थानीय तहमा पुगिसकेका भएपनि अन्य कार्यालय का कर्मचारीहरु स्थानिय तहमा नखटिएको कैलाली जिल्ला स्थित स्थानिय तह सहजीकरण तथा कर्मचारी व्यवस्थापन समितिका अध्यक्ष तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *