पारस र सोमपालको अर्धशतक, नेदरल्याण्डलाई २१७ रनको चुनौती

काठमाडौँ, साउन १८ । नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली नेदरल्याण्डलाई जितका लागि २१७ रनको लक्ष्य दिएको छ । खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे ।

कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको हो । दोस्रो ओडिआईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको हो ।

सोमपालले सर्वाधिक ६१ रन बनाए । उनले ४६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६१ रन जोडेका हुन्। त्यसैगरी नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पूरा गरे। खड्काले ६९ बलमा दुई छक्का ६ चौकाको मद्दतमा ५१ रन बनाएका हुन्।

यसअघि नेपालको पहिलो ओडिआईमा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए। अनिल शाह ६ बलमा चार रन जोड्दै आउट हुँदा दीपेन्द्रसिंह ऐरी १७ बलमा १९ रन बनाएर आउट भए ।

रोहित पौडेलले १५ बलमा ६ रन बनाए भने आरिफ शेखले ४६ बलमा १६ रनमात्र जोडे। बसन्त रेग्मीले ९ बलमा एक रन जोडे भने सन्दीप लामिछानेले २२ बलमा ८ रन मात्र बनाएर अन्तिम विकेटको रुपमा आउट भए। नेपालले ४८.५ बलमा अन्तिम विकेट गुमाउँदा नेपालले २१६ रन बनाएको हो ।

अघिल्लो खेल नेदरल्यान्ड्सले जितेकाले यो खेल जित्नैपर्ने दबामा नेपाल छ । अघिल्लो खेलमा पराजित भएको नेपाल दुई खेलको शृङ्खलामा १९० ले पछाडि छ । पहिलो खेलमा नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५५ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । पारस र सोमपालको ओडिआईमा यो पहिलो अर्ध शतक हो भने नेपालका लागि अर्ध शतक प्रहार गर्ने पारस दोस्रा तथा सोमपाल तेस्रा खेलाडी बने।

यसअघि नेपालको पहिलो ओडिआईमा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *