संसदीय सुनुवाइ विशेष समिति बैठक स्थगित, न्यायाधीश जोशीबारेको निर्णय मतदानबाट हुने

काठमाडौँ, साउन १८ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठक आजै सकी सहमति नभए मतदान वा अन्य प्रक्रियाबाट नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुने समितिका सदस्य सुमनराज प्याकुरेलले बताए ।

स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले प्रस्तावित प्रधानध्यायाधीश दिपकराज जोशीलाई सर्वसम्मत अस्वीकृत गर्न राखेको प्रस्ताव कांग्रेसका सांसदहरुले नमाने मतदानबाट टुंगो लगाउने तयारी भएको हो ।

मतदानको बारेमा छलफल गर्न कांग्रेसका सांसदहरुले समय माग गरेपछि बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरु मतदानबारे छलफलमा जुटेका छन् । नेकपाका सांसद सुमनराज प्याकुरेलका अनुसार मतदान प्रक्रिया १५ मिनेटपछि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *