कैलालीको बर्दगोरिया गाउँपालिका छाडा पशुचौपाया मुक्तः अध्यक्ष थारु

राजेन्द्र रावल/ बौनीया, साउन १८ । विगत लामो समयदेखि छाडा पशुचौपायाको समस्या झेल्दै आइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका बिहीबारबाट छाडा पशुचौपाया मुक्त भएको बर्दगोरिया गाउँपालिका अध्यक्ष वलिराम डगौरा थारुले बताएका छन् ।

विगत लामो समयदेखी छाडा पशुचौपायाका कारण बर्दगोरिया गाउँपालिका क्षेत्रको मुख्य बजार क्षेत्र बौनीया र मुडा कुरुप बन्दै गएको व्यापक जनगुनासो पछि बर्दगोरिया गाउँपालिका कार्यपालिकाको २०७५ साउन १३ गते आइतबारको निर्णय बमोजिम हाम्रो हात किसानको साथ कृषि तथा पशुसेवा संस्थाले जिम्मेवारी प्राप्त गरेपछि समस्याको समाधान हुन लागेको हो ।

गाउँपालिका अध्यक्ष डगौरा थारुले हाल सो संस्थालाई गाउँपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्नका निम्ति उपलब्ध गराइएको क्षेत्रको घेरवार गर्नका साथै गोठालाहरुको खानपानको व्यवस्थापन गर्ने जिम्मा गाउँपालिकाले लिएको र भविष्यमा आवश्यकता अनुसार सहयोग गर्दै जाने कुरा बताएका छन् ।

संस्थाका अध्यक्ष डबलले उनको संस्थामा करीब २० जना पशु विज्ञ रहेको बताउँदै आफुहरुले छाडा पशुचौपायालाई उचित व्यवस्थापन गर्दै बर्दगोरिया गाउपालिकालाई छाडा पशुचौपाया मुक्त गाउँपालिका निर्माण गर्न सहयोग गर्ने उद्देश्यले यो कार्य गर्न लागेको बताए ।

यो संस्थाका भविष्यका योजनाहरु के के छन भन्ने हाम्रो प्रश्नमा भुलले भने – आफुहरुले चौपायाबाट कम्पोष्ट मल उत्पादन गर्दै बर्दगोरिया गाउपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण किसानहरुलाई आर्गानिक खेतीतर्फ उन्मुख गर्नुका साथै रेखदेखमा खटीने कर्मचारीको व्यवस्थापनका लागि दुग्धजन्य पदार्थ उत्पादन गर्ने कार्यमा अग्रसर रहने कुरा बताए ।

यस अघि करीब १ महिना अगाडी बर्दगोरिया गाउपालिका क्षेत्रभित्र रहेका छाडा पशुचौपायालई जुम्ला पठाउन लाग्दा विविध कारणले छाडा चौपायाहरु बीचबाटो बाटै फिर्ता भएका थिए ।

छाडा चौपायालाई बौनीया बजार क्षेत्रबाट व्यवस्थापन हुन लागेको बर्दगोरिया ४ को झरझरीया सामुदायिक वन सम्म पुर्याउने कार्यमा स्थानीय सर्वसाधारणसंगै, गाउँपालिका पदाधिकारी, इलाका प्रहरी कार्यालय बौनीया, शसस्त्र प्रहरी अस्थाई सुरक्षा बेश क्याम्प बौनीयाका जवान, बौनीया बजार व्यवस्थापन समितीका पदाधिकारी लगायत व्यापारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =