ब्रेन ट्युमरबाट ग्रसित मनिकालाई कोरियामा रहेका नेपालीबाट सहयोग

काठमाडौँ, साउन १७ । विपन्न परिवारमा जन्मिएकी गोर्खा नगरपालिका –२ कि मनिका रानामगरको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको छ ।

काठमाडौँको चाबहिल निवासी नवराज भण्डारीको सक्रियतामा जापान तथा कोरियामा रहेका नेपालीहरुबाट सहयोग स्वरुप संकलित रकम ब्रेन ट्युमरबाट ग्रसित मनिका रानामगरका संरक्षकलाई हस्तान्तरण गरिएको हो ।

आर्थिक अभावका कारण उनको उपचारका लागि परिवारले नवराज भण्डारीसँग सहयोगको अपिल गरेपछि उनले जापान तथा कोरियामा रहेका नेपालीहरुलाई सहयोगको आवहान गरेका थिए ।

१२ वर्षकी मनिकाको बाबाको ३ वर्ष अघि अकालमै मृत्यु भयो । १ दाजु र ४ बहिनी मध्ये मनिका दोश्रो सन्तान हुन् । उनीहरु आमाको साथमा छन् ।

उनलाई २ वर्ष अघिदेखी नै टाउको दुख्ने, रिंगटा लाग्ने, ढल्ने जस्ता समस्या देखिएका थिए । आर्थिक स्रोत मजबुत नभएका कारण उनको परिवारले गाउँकै मेडिकलको औषधि उपचार प्रयोग गरिरहेका थिए ।

विस्तारै आँखामा पनि समस्या देखिन थालेपछि उनलाई गोरखा आँखा अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई टिचिङ अस्पताल महाराजगञ्ज रिफर गरिएको थियो । टिचिङ अस्पचालमा चेकजाँच गराउँदा ब्रेन ट्युमर भएको खुलेको थियो ।

परिवारले सहयोगको अपिल गरेपछि भण्डारीको सक्रीयता तथा आर्थिक सहायतामा केही समय अगाडी उनको वीर अस्पतालमा अप्रेशन गरीएको थियो ।

अप्रेशन पश्चात् पनि लगातार उपचार खर्च आवश्यक भएपछि भण्डारीको पहलमा जापान तथा कोरियामा रहेका नेपालीहरुलाई आवहान गरी संकलित रकम मनिकाका संरक्षकलाई हस्तान्तरण गरीएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *