नेपाल VS नेदरल्याण्ड्स : नेपालको पहिलो ओडिआई (लाइभ)

काठमाडौँ, साउन १६ । ऐतिहासिक ओडिआई म्याचमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। टस हारेको नेपालले पहिले बलिङ गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिलिडङ गरिरहेका बेला सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै ओडिआई यात्रा सुरु गरेको हो।

नेपाल र नेदरल्याण्डबीचको खेल आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुँदैछ। नेपाल र नेदरल्याण्ड्स यसअघि ५० ओभरको क्रिकेटमा अहिलेसम्म ५ पटक भिडेका छन्। जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ पटक विजयी भएको छ ।

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा आज पहिलो खेल नेदरल्याण्डसँग खेलेको हो ।

https://youtu.be/dBtfOSwkz8k”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =