बिराटनगर: फिल्ड कार्यालय भारत सरकारले आजदेखि बन्द गर्दै
२०७४ जेठ १५ गते

“
काठमाडाैं, साउन १६ । भारतीय दुतावासको बिराटनगरस्थित फिल्ड कार्यालय भारत सरकारले आजदेखि बन्द गर्दैछ । २०६५ सालमा कोशी नदीमा आएको बाढीले सडकमा क्षति पुगेपछि सवारीसाधन चलाउन भारतीय भुमि प्रयोग गर्नुपर्ने भएकाले अनुमति दिन सहजीकरणका लागि स्थापना गरिएको कार्यलय आज बन्द गर्न लागिएको हो ।
स्थिति सामान्य भैसकेपछि पनि लामो समयसम्म फिल्ड कार्यालय बन्द नहुँदा नेपाली भुमिको दुरुपयोग भएको भन्दै चर्काे आलोचना भएको थियो । भारत सरकारले सो फिल्ड अफिस बन्द गर्ने जनाउँदै सो कार्यालयले गर्ने सवारी अनुमति, भारतीय नागरिकको जन्म, मृत्यु दर्ता लगायत काम काठमाडौंस्थित दुतावासले नै गर्ने जारी सुचनामा उल्लेख छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








