मेगा बैंकका ग्राहकहरुलाई नर्भिक अस्पतालमा विशेष छुट

काठमाडौँ,साउन १५ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले विशेष छुट दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच मंगलबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सोही सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई नर्भिक अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो ।

सम्झौता अनुसार, नर्भिक अस्पतालले दिईरहेको बार्षिक स्वास्थ्य परिक्षण प्याकेजको नियमित छुटमा मेगा बैंकको ग्राहकलाई थप ५ प्रतिशत छुट दिने भएको छ ।

यसैगरी, प्याथोलोजी, रेडियोलोजी, सिटी स्क्यान, एमआरआई, मेम्मोग्राम, मुटुसम्बन्धी उपचार र शल्यक्रियामा १०–१० प्रतिशत छुट दिने भएको छ । साथै, अस्पतालमा भर्ना हुने ग्राहक र उनको परिवारले ५ प्रतिशत छुट पाउने छन् ।

मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकलाई नर्भिकले फास्ट ट्रयाक मेडिकल केयर सर्भिस दिनुका साथै आकस्मिक एम्बुलेन्स सेवा समेत प्रदान गर्ने भएको छ ।

ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै मेगा बैंकले यस प्रतिष्ठित अस्पतालसँग साझेदारी गरेको हो । यो सेवाबाट मेगा बैंकका पाँच लाख भन्दा बढी ग्राहक र उनीहरुको परिवार लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *